डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित

डडेल्धुरा : डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।

देउवा २५ हजार ५३४ मतका साथ विजयी हुँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

२०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.