डोटी : डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार चक्र बहादुर मल्ल विजयी भएका छन् ।
नेकपा (एमाले) डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्लले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहलाई ४५० मतले पछि पार्दै विजयी भएका हुन् ।
एमाले उम्मेदवार मल्लले १५ हजार २ सय ७९ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सिंहले १४ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । उनी २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्कासंग पराजित भएका थिए ।
