डोटी प्रदेश सभा १ मा एमालेका चक्र मल्ल विजयी

डोटी : डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार चक्र बहादुर मल्ल विजयी भएका छन् ।

Godawari_Tato hawa_Lu

नेकपा (एमाले) डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्लले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहलाई ४५० मतले पछि पार्दै विजयी भएका हुन् ।

एमाले उम्मेदवार मल्लले १५ हजार २ सय ७९ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सिंहले १४ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । उनी २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्कासंग पराजित भएका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.