कैलाली -४ मा २७९९ ले बलायरको अग्रता

अत्तरिया : कैलाली -४ मा गठबन्धनका काँग्रेस उम्मेदवार वीर बहादुर बलाएरले २७ सय ९९ ले अग्रता लिएका छन् । अहिले सम्म ५१ हजार ६०८ मत गणना सकिएको छ ।

निर्बाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार भट्टले २१ हजार १६४ मत प्राप्त गरेका छन् भने बलायर ले २३ हजार ९६३ मत पाएका छन् । अहिलेसम्म क्षेत्र नम्बर ४ मा रहेका २९ वडा मध्ये २४ वडाको मतगणना सकिएको छ ।

अब गोदावरीका १०, ११ र १२ को मतगणना बाँकी रहेको छ भने गौरीगंगाका ९, १० र ११ को मतगणना बाँकी रहेको छ । मंसिर ४ गते सम्पन्न निर्बाचन मा कैलाली ४ मा ६४ हजार १ सय ५८ मत खसेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.