दार्चुला : दार्चुलमा काँग्रेसका उम्मेदवार दिलेन्द्र बडूले जित हासिल गरेका छन् ।
अन्तिम मत परिणाम अनुसार बडु २८ हजार ५१५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत ल्याएर पराजित भएका छन् ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
