कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५ सय २३ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार ४ सय ४८ मत पाएका छन् । लेखक पालबीचको मतान्तर १३ हजार बढी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् । प्रतिनिधि सभाको ३ हजार ६ सय ९९ मत बदर भएको छ ।