कैलाली-४ मा गठबन्धनका बलायर विजयी

अत्तरिया : कैलाली ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् । एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् । भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन् ।

Godawari Nagarpalika

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा तात्कालीन नेकपा (एमाले)का प्रेमबहादुरआलेसँग मन्त्री भएकै बेला पारजित भएका थिए।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.