कैलाली -४ को प्रदेशमा गठबन्धनका दुबै उम्मेदवार बिजयी

अत्तरिया : कैलाली -४ मा गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छन् । यो क्षेत्रमा प्रतिनिधि सभामा काँग्रेस उम्मेदवार वीर बहादुर बलायर, प्रदेश (१)मा समाजबादी का दिर्घ बहादुर सोडारी , प्रदेश (२) मा काँग्रेस का प्रकाश बहादुर बम बिजयी भएका हुन ।

प्रदेश २ मा शुरु देखि लिड गरेका एमाले उम्मेदवार हरि सिँ साउँद गोदावरी क्षेत्र का वडाहरुमा मतगणना मा बम भन्दा पछाडी परेका हुन । ऊनी झन्डै ३१७ मत ले पछाडि देखिएका छन् ।

प्रदेश (१) मा पनि समाजबादी का दिर्घ सोडारीले एमाले उम्मेदवार भिम देउवालाई फराकिलो मतान्तर ले पराजित गरेका छन् ।

शुरु देखि नै कमजोर मानिएका बम अन्तिम समयमा मा भने लय मा फर्किएका थिए । उनले आफ्नो गृह प्रदेश को टिकट नपाएर प्रदेश २ को टिकट पाएका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.