कैलाली ४ मा गठबन्धनको विजयी र्याली (फोटोफिचर)

अत्तरिया : कैलाली -४ मा गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छन् । विजयी भएपछि आज गठबन्धनले विजयी र्याली मनाएको छ ।

अत्तरिया चोकबाट र्याली निर्बाचन क्षेत्रमा उत्सब मनाउन थालेको छ ।

बिजय र्यालीमा गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

यो क्षेत्रमा प्रतिनिधि सभामा काँग्रेस उम्मेदवार वीर बहादुर बलायर, प्रदेश (१)मा समाजबादी का दिर्घ बहादुर सोडारी, प्रदेश (२) मा काँग्रेस का प्रकाश बहादुर बम बिजयी भएका हुन ।

एमालेका उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार काँग्रेस नेता बलायर प्रतिनिधि सभामा विजयी भएका हुन् । बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् ।

भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन् ।

प्रदेशसभा (१) मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्वन्द्वी नेकपा एमालेका भीम देउवालाई पराजित गरे । देउवाले ९ हजार ४२३ मत प्राप्त गरेका छन् ।

उनीहरुबीचको मतान्तर ४ हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो ।

प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई ५१६ मतलले पछि पार्दै विजयी भएका हुन् ।

बमले १२ हजार ४७३ मत प्राप्त गरे भने साउदले ११ हजार ९५८ मत पाएका छन् ।

शुरु देखिनै कमजोर मानिएका बम अन्तिम समयमा भने अगाडि गएका थिए ।

उनले आफ्नो गृह प्रदेश को टिकट नपाएर प्रदेश २ को टिकट पाएका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.