कञ्चनपुर : कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन् ।
तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन् ।
तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन् ।
९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।