अछाम-१ प्रदेशतर्फ १ मा कांग्रेसका खड्का विजयी

अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा सदस्यतर्फ १ मा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्का प्रदेश १ अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका २१ वडाबाट ५ हजार ८ सय ४० को मतान्तरले विजयी भएका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार खड्का १२ हजार ३ सय ३७ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.