कैलालीको गोदावरीमा किसान परिचय पत्र वितरण सुरु

नगरपालिकामा १५ हजार ६ सय ६६ जनाले कार्ड पाउदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सुदूरपश्चिममै पहिलो पटक बर्गिकरण सहितको परिचय पत्र वितरण सुरु गरिएको छ । आईतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका – ३ का २६ जना किसानलाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरेर उक्त कामको सुभारम्भ गरिएको हो ।

गोदावरी नगरपालिकाको आयोजना, केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा संचालित कार्यक्रम अन्तरगत गोदावरीमा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले परिचय पत्र वितरण गरेका थिए । जस अन्तरगत किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण गरिने छ ।

नगरप्रमुख भट्टले बर्गिकरण सहितको परिचय पत्रले नगरपालिकाबाट उपलब्ध गराइने कृषिसंग सम्बन्धित सेवा सुविधालाई पहिचान पत्रको आधारमा व्यवस्थित तरिकाले अगाडी बढाउन सहज हुने बताए । उनले आफूहरुले चुनावको बेलामा बोलेका कुरा पुरा गर्ने क्रममा बिभिन्न संघसस्थाहरुको सहकार्यमा परिचयपत्र वितरण गर्न लागिएको बताए । नगरप्रमुख भट्टले नगरपालिकाको वडा नम्बर ३ मा १ हजार ४ सय ४३ जनालाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरिने बताए । आईतबार उक्त कार्यको सुभारम्भ भएको र बर्गिकरण भएर परिचय पत्र तयार भएका किसानहरुले अब वडा कार्यालयबाट सो कार्ड पाउने उनले बताए ।

गोदावरी नगरपालिकामा १५ हजार ६ सय ६६ जनाले यो कार्ड पाउने भएका छन् । बर्गिकरणका आधारमा परिचय पत्र वितरण गरिएपछि नगरपालिकाबाट कृषिका कार्यक्रम संचालन गर्न सहज हुने बताईएको छ । राष्ट्रिय कृषक समुह महासंघ नेपालका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले हाल यो कार्यक्रम देश भरीका १३ स्थानीय तहमा संचालनमा भएको र जसमध्ये सुदूरपश्चिममा कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यक्रम संचालनमा रहेको बताए । उनले बर्गिकरण सहितको परिचय पत्र वितरणको काम भने सुदूरपश्चिममै पहिलो पटक गोदावरी नगरपालिकाबाट भएको बताएका छन् ।

गोदावरी नगरपालिकामा किसान परिचय पत्र वितरणका लागि राष्ट्रिय कृषक समुह महासंघ नेपाल र नगपालिका बिच गत बर्षको फागुन २५ गते हस्ताक्षर भएको थियो । नगरपालिकाको कृषि शाखा मार्फत संचालन हुने उक्त कार्यक्रमका लागि नगरपालिको कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ निर्माण गरिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.