दार्चुलामा समानुपातिक तर्फको मत गणना सम्पन्न

नेकपा एमालेले सबैभन्दा बढी मत पाए

दार्चुला : दार्चुलामा प्रदेश र प्रतिनिधिसभातर्फको सामानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना सम्पन्न भएको छ । जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ ५८ हजार ९९१ मत खसेको थियो ।

नेकपा एमालेले सबैभन्दा बढी २४ हजार ८८३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले आठ हजार १९० मत पाएको छ । अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् ।

खसेका जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन् । प्रदेशसभा सामानुपातिकमा ठुलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि प्रदेशमा पाएकोभन्दा बढी मतसहित पहिलो स्थानमा नै छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.