कञ्चनपुरको गुलरियामा गाडिको ठक्करबाट पैदल यात्रुको मृत्यु

कैलालीको चौकीडाँडामा मृतकका आफन्तद्धारा सडक अवरुद्ध

अत्तरिया : कञ्चनपुरको गुलरियामा गाडिले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । कैलालीको गोदावरी ३ चौकिडाडा घर भएका लबदेब भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र शाहले बताए ।

उनका अनुसार शनिबार राति करिब ८ः३० बजेको समयमा कृष्णपुर नगरपालिका ५ गुलरियामा ३६ वर्षिय भट्टको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका भट्टलाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पु¥याउने वितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता मृतकका आफन्तले भने ठक्कर दिने सवारी साधनलाई खोजी गरेर कारवाही गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध पारेका थिए । उक्त बिरोधमा पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडामा आईतबार दिउँसो सडक अवरुद्ध पारिएको थियो ।

मृतकका आफ्न्तले चौकिडाडामा करिब १० मिनेट सडक अवरुद्ध गरेका हुन् । ठक्कर दिने सवारी साधनका बारेमा प्रहरीले पत्ता लगाइसकेको बताएपछि स्थानीयले सडकको अवरोध हटाएका थिए ।

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.