काठमाडौं : पूर्वप्रधामनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल पराजित भएका छन्। उनी नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६५६ मतान्तरले पराजित भएका हुन् ।
इलाम क्षेत्र १ मा बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ४३ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए ।
प्रतिनिधिसभातर्फको गणना सकिए पनि बस्नेत विजयी भएको घोषणा गर्न भने बाँकी छ । यसअघि इलाम क्षेत्र २ मा पनि नेकपा एमालेकै सुवास नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले हराउँदै विजयी भइसकेका छन् ।