कञ्चनपुरको गुलरियामा पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

 अत्तरिया : कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टलाई कञ्चनपुरको गुलरियामा ठक्कर दिएर फारार भएका चालक पक्राउ परेका हुन ।

शनिबार राती ८:३० बजेको समयमा कृष्णपुर नगरपालिका–५ गुलरियामा पैदल हिडिरहेका भट्टलाई ठक्कर दिएर फारार रहेका यूए ०४१७७९ नम्बरको स्कारपिओ चालक भीमदत्त नगरपालिका–७ का करन चन्द पक्राउ परेका छन् ।

चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको छ । ठक्करबाट गम्भीर घाइते भएका भट्टको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

ठक्कर दिने सवारी साधनलाई अनुसन्धानको क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । मृतकका आफन्तहरुले चालक पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्दै आईतबार चौकिडाडामा सडक अवरोधसमेत गरेका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.