कञ्चनपुर : कञ्चनपुरमा साथीको घरमा सुतेका युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–२ भासीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका हुन ।
उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।