कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको परिवार स्रोतलाई उद्धृत गर्दै कञ्चनपुर प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.