अत्तरिया : कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन ।
भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ ।
मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।
