क्यान कैलालीको अध्यक्षमा ओझा,उपाध्यक्षमा देउवा चयन

अत्तरिया : कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) कैलालीको अध्यक्षमा यज्ञराज ओझा निर्विरोध चयन भएका छन् ।

बुधबार कैलालीको गोदावरीमा भएको महासंघको १५ औं बार्षीक साधारण सभा तथा जिल्ला अधिवेशनबाट ओझाको अध्यक्षतामा नौं सदस्य कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा प्रकाश देउवा, सचिवमा नरेन्द्र अवस्थी, सह–सचिवमा रामप्रसाद चौधरी, कोषाध्यक्षमा नविन चौधरी निर्विरोध चयन भएका छन । यस्तै, सदस्यमा लक्ष्मीदत्त जोशी, राजेन्द्र विष्ट, रेखा चौधरी र राजुवेद चौधरी चयन भएका छन् ।

महासंघका अध्यक्ष नरेश चौधरीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल दुर सञ्चार प्रदेश कार्यालयका सहायक निर्देशक सुरत मल्ल प्रमुख अतिथी रहेका थिए ।

त्यस्तै अधिवेशनमा महासंघका केन्द्रीय सचिव हर्क सेट्टी, प्रदेश सचिव धनबहादुर बोगटी, कैलालीका संस्थापक अध्यक्ष ओम पनेरु लगायत जिल्लाका पदाधिकारीको उपस्थिति रहेको थियो।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.