दार्चुला : दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानै धारमा फर्काउने सहमति भएको हो ।
धार्चुलामा भएको छलफलमा नेपाली पक्षको मागअनुसार नदीको बीचमा रहेको अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जानकारी दिए । नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, त्यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको प्रजिअ उपाध्यायले बताए ।
धार्चुलामा भएको छलफलमा नेपाली पक्षको मागअनुसार नदीको बीचमा रहेको अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जानकारी दिए ।