सार्वजनिक यातायातमा अपाङ्गता छुटका लागि प्रहरीसंग समुन्वय

अत्तरिया : सार्वजनिक यातायातमा अपाङ्गता छुटका लागि प्रहरीसंग समुन्वय र सहयोगको लागि अनुरोध गरिएको छ । बिहीबार सुदुरपश्चिम प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरिया र मालाखेती ईलाका प्रहरी कार्यालय अत्तरियालाई समुन्वय र सहयोगका लागि अनुरोध पत्र बुझाईएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक यातायातमा दिइने छुट नपाएको बताए । उनले दश सिट क्षमताको सार्वजनिक सवारीमा १ सिटको आरक्षण, ११ देखी १५ सिट क्षमतामा २, १६ देखी ३० मा ३ र ३० भन्दा माथि ४ सिटको आरक्षण क्षमता भएको बताए ।

७४औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको पुर्वसन्ध्यामा प्रत्येक सार्वजनिक यातायातमा अपाङ्गता अधिकार सम्बन्धीका बिभिन्न मुल नाराका पम्पलेट तथा स्टीकर टाँसिने उनले बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुट गरौँ, आरक्षण सिटको व्यवस्था गरौ, सम्मानजनक भाषाको प्रयोग गरौ भन्ने मुल नाराका पम्पलेट तथा स्टीकर सार्वजनिक यातायातमा टास्न प्रहरी र ट्राफिक प्रहरी संग सहयोगको लागि अपिल गरिएको अध्यक्ष साउँदले बताए ।

उनले अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा भोली २४ गते शनिबारका दिन अत्तरिया बसपार्क र धनगढी बसपार्कमा कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिन सम्पुर्णमा अनुरोध गरेका छन् ।

सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । राज्यले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को उपदफा २ मा सवारी साधन धनी वा चालकले तोकिए बामेजिमका अपाङ्गता भएका व्यक्तिहरुलाई रेल, बस, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा यात्रु भाडामा परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । आरक्षणको लागि दिइएको सुविधा सिटको व्यवस्था भएपनि व्यवहारमा लागू नभएको गुनासो रहेको छ ।

प्रहरीसंग समुन्वय र सहयोगको लागि अनुरोध पत्र बुझाउने कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँद, अपाङ्ग उत्थान समाजका अध्यक्ष अनिल मल्ल, अपाङ्ग सेवा समिती डडेल्धुराका अध्यक्ष लाल बहादुर खत्री, राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमका सदस्य नरेन्द्र प्रसाद जैशी र गोदावरी वडा नम्बर २ का कावा वडाअध्यक्ष डबल सिं साउँदको उपस्थिीती रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.