अत्तरियाको दुर्गालक्ष्मी महिला सामुदायिक वन संस्थागत अतिक्रमणको चपेटामा

वन उपभोक्ता समिती अतिक्रमण रोक्ने प्रयास गर्दै

धुर्ब ओझा/अत्तरिया : कैलालीको अरियामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन संस्थागत अतिक्रमणको चपेटामा परेको छ । गोदावरी नगरपालिका वडा नम्बर २ मा मुख्य राजमार्गसँग जोडिएको दुर्गालक्ष्मी महिला सामुदायिक वन संस्थागत अतिक्रमणको चपेटामा परेको हो । सामुदायिक वनमा दर्जनबढी संस्थाका नाममा केही भवन बनेका छन् भने केही भवन निर्माण स्थल भन्दै बोर्ड राखिएका छन् ।

दुर्गालक्ष्मी सामुदायिक वन उपभोक्ता समितले शनिबार अतिक्रमण रोक्न वनमा लगाईएका बोर्ड र तारबारहरु हटाएको छ । वनकी अध्यक्ष सिबा कडायतले आफु कार्यसमितीमा भर्खर नयाँ चयन भएर आएको र यहि भदौ १९ गते शनिबारबाट वन अतिक्रमणका लागि लगाईएका बोर्ड र तारबारहरु हटाउन शुरु गरेको बताईन् । उनले संघसंस्थाको नाममा व्यक्तीले सामुदायिक वन अतिक्रमण गरिरहेको बताईन् ।

एक सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको दुर्गालक्ष्मी सामुदायिक वनमा भवन बन्ने तथा भवन वनाउन तारबार हालेर वनको जग्गा ओगट्ने काम हुँदै आएको छ । अतिक्रमण हटाउन अन्य निकायले कुनै चासो नदिएको उपभोक्ता समितीकी सचिव संगिता बिकले बताईन् । उनले सबै निकायले साथ सहयोग गरे अतिक्रमण नहुने बताउदै यहाका जानकारवालाहरुले नै संघसंस्थाका नाममा अतिक्रमण गर्न थालेपछि अन्य निकायको सहयोग पाउन मुस्कील रहेको बताईन् ।

सामुदयिक वन अतिक्रमण गर्न चर्च, होटल व्यवसयी संघ, भुपु सैनिक, धर्मशाला, मगर संघ, दार्चुला बैतडी समाज, डोटेली एकता समाज लगायत १ दर्जन स्थानीय संघ संस्थाले खुलेआम वन क्षेत्रमा गैरकानुनी झण्डा र होडिङ बोर्ड लगाएका छन् भने केही संस्थाहरुले अवैध संरचना बनाएका छन् ।

सामुदायिक वन लगायत अन्य सरकारी वनमा भौतिक संरचना निर्माण गर्न प्रदेश तथा स्थानीय सरकारले नै बजेट हाल्ने गरेका कारण वन क्षेत्र संस्थागत अतिक्रमणको चपेटामा पर्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । सामुदायिक वन क्षेत्रमा धेरै जस्तो कोरोनाका बेला लगाईएको निषेधाज्ञाका बीच धमाधम अतिक्रमण र संरचनाहरु बनेका स्थानियको भनाई छ । उक्त संरचना बन्दा समेत वन उपभोक्ता समिति र वन अधिकारीले भने रोक्ने प्रयास नगरेको पाइएको स्थानियले बताए ।

उता सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले नया वन अतिक्रमणको तथ्यांक संकलन कार्य भईरहेको र केही दिन पछि सामुदायिक क्षेत्र अतिक्रमण गरेको ठाउ हटाउन शुरु गरिने बताए । “हामीले नया एक बर्ष भित्र अतिक्रमण भएको ठाउको डाटा कलेक्सन गरेर सक्यौ” उनले भने “यहाका सामुदायिक वनमा जहा नयाँ अतिक्रमण भईरहेको छ तारबार लगाउने, वन फडानी र बोर्ड लगाईएका ठाउहरु हटाउन डाटा कलेक्सन गयौ, अब अर्को हप्ता देखी सबै खाली गराउने छौ ।”

उनले पछिल्लो समयमा अतिक्रमण भएको ठाउ मात्रै हटाउने तर पहिले देखी नै अतिक्रमण भएको ठाउ हटाउन जिल्ला प्रसासन, स्थानिय सरकार, जिल्ला डिभिजन वन कार्यालयले साथ दिए हटाईने बताए । तर तत्काल सबै आफै हटाउन नसकिने उनले बताए । “पुरानो अतिक्रमण हटाउन माथिबाट आदेश आए हटाउन सकिने छ” उनले भने मन्त्रालय देखी लिएर जिल्ला प्रसासन लगायत सबै ठाउबाट आदेश संगै साथ सहयोग भए हटाउन सकिन्छ तर अहिले आफ्नो कार्यकालमा भएको नयाँ नयाँ अतिक्रमित ठाउ हटाउन भने सबै प्रक्रिया पुरा भएको छ ।” प्रमुख कडालका अनुसार दुर्गालक्ष्मी सामुदयिक बनमा भने अहिले नयाँ संरचनाहरु निर्माण भएका छैन्न । वन क्षेत्रमा भौतिक संरचना निर्माण गरिएको भएपनि हटाउन भने कुनै निकायले वास्ता गरेको छैन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.