अत्तरिया : कैलालीको अत्तरियामा अत्तरिया जेसिजले सप्ताह कार्यक्रम शुरु गरेको छ । अत्तरिया जेसिज बर्ष २०२२ तथा अत्तरिया जुनियर जेसिजको संयुक्त आयोजनामा सप्ताहव्यापि कार्यक्रम आज (शनिबार)बाट शुरु गरेको हो ।
अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष डबल साउँद प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जेसिज बर्ष २०१५ का अध्यक्ष भरत खड्का, जेसिस बर्ष २०१८ का अध्यक्ष कमल कडायत, जेसिज बर्ष २०२१ का अध्यक्ष पदम राज ओझा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका मुल समिति संयोजक प्रदिप खड्काले सप्ताहव्यापी कार्यक्रमका बारेमा जानकारी दिएका थिए । उनले सप्ताहव्यापि कार्यक्रम अनुसार २४ गते आज उद्घाटन तथा मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हुनेछ भने २५ गते सत्यवती एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको बताए ।
यस्तै २६ गते गोदावरी-९ मा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य शिबिरको आयोजना गरिएको छ भने २७ गते गेटा स्थित सिद्धबाबा माबि र अत्तरिया स्थित सुदुरपश्चिम माबिमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
त्यस्तै २८ गते दुर्गालक्ष्मी नमुना माबिमा लागुऔषध सम्बन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ भने २९ गते बन्देवी मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । पुस १ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको छ ।
बन्देबीमा सरसफाई र हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भने जुनियर जेसिजले सञ्चालन गर्ने छ । आजबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम पुस १ गते सम्म सञ्चालन हुने कार्यक्रमका मुल समिति संयोजक खड्काले जानकारी दिए ।
सप्ताहव्यापि उद्घाटन कार्यक्रमको सञ्चालन अत्तरिया जेसिज बर्ष २०२२ का महासचिब प्रकाश मल्लले गरेका थिए ।