काठमाडौं : सरकारले रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन अध्यादेश ल्याएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।
राष्ट्रपतिबाट अध्यादेश जारी भने भइसकेको छैन । राजबन्दीहरूलाई मूलधारमा ल्याउने गरी अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यो अध्यादेश जारी भएपछि टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कानुनी रुपमै आममाफी दिन बाटो खुल्नेछ ।
यस्तै, नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन पनि यसले सहयोग पुग्ने देखिएको छ । यस्तै, सीके राउतका कार्यकर्तामाथि लगाइएको मुद्दा पनि फिर्ता लिन सहयोग पुग्ने जनाइएको छ ।
हालै सम्पन्न चुनावमा स्पष्ट बहुमत नपाएको सत्ता गठबन्धनलाई सहयोगका लागि चौधरीले माफी पाउनुपर्ने नागरिक उन्मुक्ति पार्टीले सर्त राखेको थियो । अब त्यो सर्त पूरा हुने भएको छ ।