बैतडी मेलौलीका विद्यालयहरु आज बन्द हुने

बैतडी : बैतडीको मेलौली नगरपालिकाभित्र रहेका विद्यालयहरु सोमबार (आज) बन्द हुने भएका छन् । नगरपालिकाभित्र रहेका विद्यालयहरु बन्द रहने पालिकाले जनाएको हो ।

मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत शिक्षक रोशनसिंह नायकको निधन भएको शोकमा सोमबार नगरपालिकाभरका विद्यालय बन्द रहने मेलौली नगरपालिकाले जनाएको हो ।

विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध नायकको ४२ वर्षको उमेरमा शनिबार निधन भएको थियो । शिक्षक नायकको निधन भएकाले विद्यालयहरुमा एक दिने शोक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.