आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय

काठमाडौं : निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता निष्क्रिय पारेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि गएको असोज १२ गतेदेखि लागू गरिएको आचारसंहिता सोमबारबाट निष्क्रिय पारेको हो ।

उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराइसकेको छ ।

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।

गएको मंसिर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो। विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुनः मतदान गरिएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.