काठमाडौं : निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ ।
आयोगले (आज)मंगलबार सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो । निर्वाचनको घोषणा भएसँगै आयोगले लागत संकलन कार्य रोकेको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गएको असोज १२ गतेदेखि मुलुकभर लागु गरिएको आचारसंहिता सोमबारबाट निष्क्रिय भएसँगै आयोगले लागत संकलन कार्य रोकेको सुरु गरेको हो ।
अब आयोगले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य पुनः सुरु गरेको हो ।