गोदावरीमा रोकिएको जग्गा नापीको काम आजबाट पुनः शुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रोकिएको जग्गा नापीको काम आजबाट पुनः शुरु भएको छ ।

निर्वाचन आयोगले जारी गरेकोे आचारसंहिताका कारण रोकिएको जग्गा नापीको काम आज (बुधबार) गोदावरी नगरपालिका – ४ बाट शुरु गरिएको हो ।

गोदावरी नगरपालिका – ४ मा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन ।

गोदावरी वडा नम्बर १, २ र ५ मा नापीको निर्वाचन अघि नै सुरुवात गरिएको भएपनि गोदावरी ४ मा भने पहिलो पटक नापी गर्न थालिएको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.