कैलालीमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु

स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग बन्द

धनगढी : कैलालीमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो ।

डीएसपी जोशीकाअनुसार २४ गते भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिट हुँदा गम्भीर घाइते भएका बोहराको हिजो उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । घटनाको जिम्मा लिएका सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–४ का २९ वर्षीय सुरेन्द्र डगौरा थारु र ३२ वर्षीय श्रवण चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बोहराको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बर्दगोरिया गाउँपालिकाको मुडामा घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले बताए । राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन मुडामा रोकिएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.