बीमा कम्पनीहरु जीवन बीमा भन्दा निर्जीवन बीमा गराउन अग्रसर हुनुपर्दछ : नगरप्रमुख ओझा

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बीमा कम्पनीहरु जीवन बीमा भन्दा निर्जीवन बीमा गराउन अग्रसर हुनुपर्ने  बताएका छ्न ।

बिहीवार गुलरियामा सम्पन्न नगरपालिकासँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले बीमा कम्पनीहरुले जीवन बीमा भन्दा निर्जीवन बीमा (कृषि /पशु बीमा) गराउन बढी केन्द्रित गराउनुपर्ने बताएका हुन् ।

उनले जीवन बिमा गर्ने कम्पनीहरु अत्याधिक बढी संख्यामा र बीमा गर्न पनि मरिहत्ते गर्ने गरेको भएपनि अहिलेको मुख्य आवश्यकता निर्जीवन बीमा गराउनु भएकोले त्यसतर्फ अग्रसर भएर हरेक व्यवसायिक किसानहरुको पहुँचमा सरल र सहज तरीकाले बीमा कम्पनीहरु पुग्नुपर्ने बताए।

नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकामा बीमा निती बनाएर नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी नगरका सम्पुर्ण व्यवसायी किसानहरुको सरल र सहज पहुँचमा बीमा सेवा पुर्‍याउन तत्पर रहेको समेत बताए ।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहेका थिए भने विशिष्ट अतिथिमा नगर उपप्रमुख द्रोपती राना र कृष्णपुर नगरपालिका नि.कार्यालय प्रमुख विष्णु दत्त भट्ट रहेका थिए ।

कृष्णपुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र सरोकारवालाहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक प्रमुख दीपक ज्ञवालीले गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.