सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपियो

आज खुमन अधिकारी, चक्र बम र शीतल शर्मा लगायतको प्रस्तुती

धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा यहि मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप भएको छ ।

धनगढी १ पशुपति टोलमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ। अब महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

यस्तै जारी महोत्सवमा हिजो बिहीबार आठौँ दिन लोक प्रिय गायक प्रमोद खरेल, चेतन बोहरा लगायतका (स्थानीय तथा राष्ट्रिय) कलाकारले बेजोड प्रस्तुति राखेका थिए ।

आज पुष १ गते नवौ दिन लोकदोहोरी गायक खुमन अधिकारी, लोकपप गायक चक्र बम र गायिका शीतल शर्माको बेजोड प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार संयोजक मनोज अग्रवालले जानकारी दिए ।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.