आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

काठमाडौं : आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

दिवसमा सहभागी हुन विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि सहभागी भएका थिए । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ ।

२०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ ।

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनको माग छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.