अत्तरिया : कैलालीको धनगढीमा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुच सम्वन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । ‘हामीलाई पनि समावेश गर’ भन्ने परियोजना अन्तर्गत राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुुदुरपश्चिम प्रदेशको आयोजना, सिबिएमको आर्थिक सहयोग र मिडिया पाटनरको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अपाङ्गताका नितिगत प्रावधान र बिभिन्न सवालको बिषयमा छलफल गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुुदुरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउदले बताए । उनले कार्यक्रममा सहभागिहरुले उठाएका प्रश्नहरुको बिभिन्न सरोकारवालाहरुले प्रतिवद्धता सहित जवाफ दिएको बताए । अपाङ्गता क्षेत्रका अधिकारहरु कार्यान्वयन गर्न आगामी दिनमा पनि सरोकारवाला, कानुन निर्माणकर्ता र कार्यान्वयन गर्ने निकाय संग प्रत्यक्ष छलफल गर्ने उनले बताए ।
उक्त सार्वजनिक बहस कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्त्रा, सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान ब. सुनार, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रसासकीय अधिकृत यज्ञराज जोशि, धनगढी उपमहानगरपालिका उपप्रमुख कुन्दकला राना, राष्ट्रिय मानव अधिकार आयोग सुप प्रदेश प्रमुख हरि प्रशाद ज्ञवाली, लगायत सरोकारवालाहरु अपाङ्गताअधिकारकर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार सिताराम ओझाले गरेका थिए । धनगढीको ईमेज होटलमा गरिएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको व्यवस्थापन नेपाल टेलिभिजनका प्रतिनिधि भरत शाहले गरेका थिए ।
