मानव सेवा आश्रमको भवन निर्माणका लागि नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्दै

अत्तरिया : कैलालीमा आश्रम निर्माणका लागि कन्सर्टको आयोजना गर्न लागिएको छ । जिल्लाको धनगढीमा रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्न लागेको हो ।

नेपथ्यले देशका विभिन्न १० स्थानमा कन्सर्ट आयोजना गरिरहेको छ । मानव सेवा आश्रमका सदस्य नवराज केसीले नेपथ्यले विराटनगर, विरगंज, हेटौडा, चितवन र नेपालगञ्जमा कन्सर्ट आयोजना गरिसकेको बताए । उनले देशभर रहेका आश्रमहरुका भवन निर्माणका लागि सहयोग गर्ने उद्देश्यका साथ नेपथ्य टिमले ‘मानवताका लागि नेपथ्य सांगितिक यात्रा २०७९’ आयोजना गरिरहेको बताए ।

उनले धनगढीमा पनि यही पुस ३ गते कन्सर्ट आयोजना भैरहेको बताए । उनका अनुसार कन्सर्टमा सहभागी हुन सर्वसाधारणलाई १ हजार र विद्यार्थीलाई ५ सय रुपैया शुल्क तोकिएको छ । धनगढीमा कन्सर्ट आयोजना भएसँगै सुर्खेत, बुटबल, पोखरा र अन्त्यमा काठमाण्डौमा पनि कन्सर्ट आयोजना हुने केसीले बताए ।

कन्सर्टमा सहभागीताका लागि टिकट बुकिङ्ग गर्नुपर्ने र अत्तरियामा टिकट बुकिङका लागि त्रिनयन नेपालको कार्यालयलाई जिम्मेवारी दिईएको बताए । त्रिनयन नेपालका अध्यक्ष जय बहादुर धामीले नेपथ्यको टिमले सामाजिक कार्यलाई प्रोत्साहन गरिरहेकाले आफुहरुले पनि सहयोग गरेको बताए ।

मानव सेवा आश्रमले असहाय, अनाथ एवम् अपांगता भएका व्यक्तिहरुको सेवा गर्दै आईरहेको बताउदै उनले त्यसको व्यवस्थापनको जिम्मेवारी समाजका सबै जिम्मेवार नागरिकको भएको बताए । उनले अत्तरियाबाट त्रिनयन नेपालले बिहिबार सम्म करिब ४ सय जति टिकटहरु बिक्रि गरिसकेको बताए ।

मानव सेवा आश्रमको धनगढी उपमहानगरपालिका वडा नं. १५ उर्मामा आफ्नै भवन बनिरहेका छन । आश्रमले ३\३ कोठाका ३ वटा भवनहरु निर्माण गरिरहेको र उक्त भवनहरुको निर्माणमा नेपथ्यको टिमले कन्सर्ट आयोजना गर्न लागेको मानव सेवा आश्रम धनगढीका अभिभावक कमल ढाटले बताए ।

कन्सर्ट आयोजना गरेर मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग पु¥याईरहेकाको भन्दै उनले नेपथ्यको टिमलाई धन्यवाद ज्ञापन गरे ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.