गोदावरी आर्यघाटमा आधा जलाएको कंकाल भेटियो

अत्तरीया : कैलालीको गोदावरी स्थ्ति आर्यघाटमा आधा जलाएको अवस्थामा मानव कंकाल भेटिएको छ । गोदावरी आर्यघाटमा हिजो बुधबार टाउको र घाँटी बाहेकको शरीर नभएको अवस्थाको अत्तरियाका स्थानीयलले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त कंकाल कसको हो ? भन्ने कुरा खुलेको छैन । गोदावरी आर्यघाटमा मानव कंकाल भेटिएको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले बताए ।

हिजो बुधबार राती मात्र सूचना प्राप्त भएको बताउँदै डीएसपी पाण्डेले आज बिहिबार घटनाबारे थप अनुसन्धान भईरहेको बताएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.