काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइको छ । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ । भारतबाट पेट्रोलको मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो । अझै १९ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।