गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

कैलाली : सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

Godawari_Tato hawa_Lu

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णयसँगै अस्पताललाई शिक्षण, स्वास्थ्य सेवा र चिकित्सा जनशक्ति उत्पादनका लागि आवश्यक संरचनासहित सञ्चालन गर्ने बाटो खुलेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.