कैलालीमा १ सय ३२ जना डेंगुका बिरामी फेला

अत्तरिया : कैलालीमा डेंगु रोगबाट बिरामी हुनेको संख्या १ सय ३२ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेंगुका बिरामी फेलापरेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६६ जना डेंगुका बिरामी फेलापरेका छन् । सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा ७ जनामा डेंगु पुष्टि भएको जनाइएको छ ।

गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेंगुका बिरामी फेलापरेका थिए । यस्तै डेंगुबाट २ जनाको मृत्यु भइसकेको छ । भदौ १४ गते धनगढीको निसर्ग अस्पतालमा उपचारक्रममा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको ज्यान गएको छ ।

यसैगरी टीकापुरकी एक बालिकाको नेपालगञ्जमा उपचारक्रममा ज्यान गएको जनाइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.