अत्तरिया : कैलालीको गोदावरी ११ मा रहेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा कृष्ण बहादुर विक चयन भएका छन् । समितिको शनिबार भएको दोस्रो अधिवेशनले कृष्ण बहादुर विकलाई दोस्रो कार्यकालका लागि चयन गरेको हो ।
उनको अध्यक्षातमा ११ सदस्सीय समिती चयन भएको छ । समितीको उपाध्यक्षमा कर्ण बहादुर विक, सचिव कुमार सिंह बडैला, कोषाध्यक्ष भिम बहादुर विक चयन भएका छन ।
यस्तै सदस्यहरुमा दुलई सिंह खडका, लक्ष्मी विक, आषा कडायत, जानकी जागरी, देब बहादुर बडैला, शेर बहादुर विक चयन भएका छन् । एक जना सदस्य नयाँ कार्यसमितीले चयन गर्ने भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा सञ्चालित रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितीमा १ हजार ७५ सदस्य रहेका छन् । समितिका अध्यक्ष कृष्ण विककै नेतृत्वमा ओलानीमा पहिलो पटक ८ सय १६ मिटर सहितका खानेपानीका धारा वितरण गरिएको र अहिले पनि धारा थपिने क्रम जारी रहेको बताईएको छ ।