डडेल्धुरा : शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेड डडेल्धुराको आठौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका –२ मा अवस्थित अमरगढी पार्कमा शनीवार संस्थाको आठौँ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य पदमा गुरुङको प्रमुख आथित्यतामा भएको साधारणसभामा संस्थाका सचिव सञ्जय जैरुले आर्थिक बर्ष ०७९÷८० को बार्षिक निती, अनुमानित बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा सहकारीमा हालसम्म दुई हजार जना सेयर सदस्य, यस बर्ष पाँच करोड ऋण लगानि गर्ने लक्ष्य, पच्चिस सय सदस्य बनाउने, तिस वटा महिला समुहलाई जिविकोपार्जन सम्वन्धि तालिन दिने उल्लेख गरिएको छ ।
एक करोड सहुलियत कर्जाका लागि अन्य बित्तीय संस्थासंग ऋण माग गर्ने, तथा यो आर्थिक बर्षमा एक करोड पाँच लाख अनुमानित आम्दानी गर्ने सहकारीले लक्ष्य राखेको प्रतिवेदनमा जनाइएको छ ।
यस्तै सहकारीका बिभीन्न महत्वपूर्ण कोषहरुमा रकम छुट्टाइएकोबारे साधारण सभामा जानकारी गराइएको र सहकारीलाई सहयोग गर्ने बिभीन्न संघसंस्थालाई सम्मान पनि गरिएको संस्थाका प्रवन्धक लोकेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार साधारण सभामा बनभोजसंगै सांस्कृतिक कार्यक्रम र म्युजिक भिडीयो सुटिङसमेत सम्पन्न गरिएको छ ।
साधारण सभामा जिल्लास्थित सरोकारवाला निकायको उपस्थिति रहेको थियो भने अमरगढी पार्कको थप प्रचारप्रसार र पर्यटकिय क्षेत्रको बिकासका लागि सो स्थानमा आठौँ बार्षिक साधारणसभा सम्पन्न गरिएको ओझाले जानकारी दिए ।