‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिए आशिष महर

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’ को सेमिफाइनलबाट सुदूरपश्चिमबाट प्रतिस्पर्धी रहेका आशिष महर बाहिरिएका छन् । टीम प्रमोद खरेलबाट उत्कृष्ट ८ मा पुगेका आशिष शनिबारको एपिसोडबाट सेमिफाइनलबाट बाहिरिएका हुन् ।

अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा गित गाउदै चारै कोचलाई आफू तिर घुमाउदै महर ‘भ्वाइस अफ नेपाल-४’मा प्रवेश भएका थिए।

‘भ्वाइस अफ नेपालका हरेक एपिसोड्मा एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शक, स्रोताको मन जित्दै सेमिफाइनल पुग्न सफल भएका थिए तर फाइनलमा भने कम भोट पाएर पुग्न सकेन्न ।

‘भ्वाइस अफ नेपाल-४’ को फाइनलमा टीम प्रमोद खरेलबाट योगेश मगर, टीम राजु लामाबाट करण राई, प्रविशा अधिकारीको समूहका शैल लिम्बु र टीम राजेशपायल राईबाट सविना योङहाङ लिम्बु फाइनलमा प्रबेश गरेका छन् ।

अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि प्राप्त गर्नेछन् ।भ्वाइसको चौंथो सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.