अत्तरिया गोलिकाण्ड घटनाको सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरियाद्धारा भत्र्सना

अत्तरिया : अत्तरियामा भएको गोलिकाण्ड घटनाको सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरिया उपसमितिले भत्र्सना गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै दिनदहाडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठांउमा व्यापारी माथि ज्यान मार्ने उद्देश्यका साथ लुटपाट गर्ने किसिमले भएको आक्रमण भत्र्सना गरेको हो ।

Godawari_Tato hawa_Lu

संघका उपाध्यक्ष मनोज सदासंकरद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको स्वच्छ छानविन गरी यथासिघ्र दोसीलाई हिरासतमा लिई कानुनी कारवाही गर्न माग गरिएको छ ।

‘सांघातिक आक्रमण तथा लुटपाटका विरुद्ध डर त्रास मुक्त वातावरणमा व्यापारीहरुले निर्धक्क आफ्ना कारोवार सञ्चालन गर्न पाउने वातावरणको सृर्जना गरिदिन हुन सरोकारवाला निकायहरुलाई झकझक्याउन कैलाली सुनचादी आभुषण व्यवसायी संघ उपसमिति अत्तरिया सदैव उद्योगी व्यापारीहरुको हितमा रहेको र रही रहने प्रतिज्ञा गर्दै सम्पूर्ण व्यापारी उद्योगीहरुलाई आवश्यक परे एकतावद्ध भई कानुनी उपचारका लागि हातेमालो गर्न तम्तयार हुन पनि हार्दिक अनुरोध गरिन्छ’ ज्ञापन पत्रमा भनिएको छ ‘दोसीहरुलाई प्रक्राउ गर्न आलटाल वा ढिलासुस्ती हुन गएमा व्यापारिक हकहितका लागि संघर्षका थप कार्यक्रमहरु गर्न वाध्य हुनेछौ ।’

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.