व्यवसायीको सुरक्षा गर्न अत्तरिया उद्योग बाणिज्य संघको माग

अत्तरिया : अत्तरिया उधोग बाणिज्य संघले व्यवसायीहरुको सुरक्षाको माग गरेको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अत्तरियामा ज्यान लिने उदेश्यले व्यबसायी माथि गोली प्रहार घटनाको बिरोध गर्दै सुरक्षा माग गरेको हो ।

संघका अध्यक्ष अशोक देवकोटाद्वारा हस्ताक्षरित विग्यप्ती मार्फत घटनाको भत्र्सना गर्दै दाषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

Godawari Nagarpalika

‘आईतवार कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारमा सुनचान्दी गरगहना सम्बन्धी ब्यबसाय गरिरहेका घोडाघोडी सुनचान्दी गहना पसलका संचालक बिकास सुनार माथि पुष ३ गते साँझ ५ बजेतिर आफ्नो पसल बन्द गरेर घर जाने क्रममा बनखेतमा बिपरित दिशामा मोटरसाइकलमा आएका ब्यक्तीहरुले सुनार माथि गोली प्रहार गरी घाइते बनाइ साथमा रहेको झोला समेत लुटेर लेगेको घटना प्रती ध्यानाकर्षण भएको छ।’

अध्यक्ष अशोक देबकोटाद्वारा हस्ताक्षरित बिग्यप्तीमा भनिएको छ, ‘यसरी दिनदाहडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठाउँमा ब्यापारी माथि ज्यान मार्ने उदेश्यका साथ लुटपाट गर्ने किसिमले भएको आक्रमण आक्रमण प्रती घोर भर्त्सना गर्दै सो घटनाको स्वच्छ छानबिन गरी यथाशिघ्र दोषीलाई हिरासतमा लिएर कानुनी उपचार दिन हुन जोडदार माग गर्दछौ ।’

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.