कैलाली प्रहरी प्रमुख फेरिए

धनगढी : कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा राठौरको सरुवा भएको हो ।

राठौर गत बैशाखमा कैलाली प्रहरीको प्रमुख भएर आएका थिए । उनको ठाउँमा अहिले कैलाली प्रहरीको प्रमुखका रुपमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।

पाल नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले २३ जना एसपीको काज सरुवा र ८ जना जिल्ला प्रमुख फेर्दा कैलालीको कमाण्ड पनि हेरफेर भएको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.