गोदावरी नगरपालिकाले नदिजन्य पदार्थ आफैं उठाउने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदिजन्य पदार्थ अन्ततः आफैं उठाउने भएको छ । खुटिया, गोदावरी र खैराना खोलाबाट नदि जन्य पदार्थ आफैं उठाउने भएको हो । नगरपालिकाले भोलि देखि नदि जन्य पदार्थ उठाउन सार्बजनिक सूचना मार्फत अनुरोध गरेको छ ।

यस अघि ६ पटक सम्म नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । तर ५ पटक सम्म कसैले टेन्डर हालेका थिएनन् । छैटौं पटक धनगढीको बालाजी कन्स्ट्रक्सनले ४ करोड ५ हजार मा टेन्डर हालेको भएपनी उसले बैंक धरौटी बुझाउन नसक्दा टेन्डर पाएन ।

अब नगरपालिका आफैले नदि जन्य पदार्थ उठाउने गोदावरी नगरपालिकाका प्रसाशकिय अधिकृत शिबराज भाटले बताए । “अब हामी आफैले उठाउने भएका छौँ । यद्यपि ७ दिने सुचना पनि जारी गरेका छौ, यो बिचमा कसैले टेन्डर हाले पुन : ठेकेदार कम्पनीलेनै उठाउने छ । अहिले टेन्डर नहुन्जेल नगरपालिका आफैंले उठाउने छ ” भाटले भने ।

समयमै ठेक्का नलाग्दा गोदावरी नगरपालिकाले ३ महिनाको राजस्व भने गुमाएको छ । ठेक्का नलाग्दा खुटिया लगाएतका नदिहरुबाट चोरी मार्फत नदिजन्य पदार्थ भने निकासी भैरहेको स्थानीयले बताएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.