अत्तरिया : कैलालीको चुरे गाउँपालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले सुर्तीजन्य पदार्थ लागू औषधका कारण धेरै जसो मानिसहरू पागल भएर हिँडिरहेका छन् भने धेरै मानिस को घर बार बिग्रेको बताए ।
‘समाज मा चोरी डकैती मा फसिरहेका छन्,’ उनले भने,‘आफनै घर बाट चोर्न र त्यस पछि गाउँ मा चोरी गर्न सुरु गर्छन् । ’ यस्ता कार्यक्रमले गर्दा समाजमा पनि नराम्रो कुलत मा फसेका व्यक्तिहरू पनि कुलत बाट बच्नका लागि अति महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।