धनगढी : पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरलाई मातृ शोक परेको छ । आलेकी ७९ वर्षीया आमा गंगादेवीको मंगलबार निधन भएको पारीवारिक स्रोतले जनाएको छ ।
उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । लामो समयदेखि उच्च रक्तचापकको बिरामी गंगादेवीको मंसिर ११ गतेदेखि काठमाडौँमा उपचार भइरहेको थियो ।
आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य पनि हुन् ।
