अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

अत्तरिया : कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।

गोदावरी नगरपालिका–१, धनगढी रोडमा मनिसा पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका–९ का २७ वर्षीय वीरेन्द्र मल्लको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मल्लको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा सवार २६ वर्षीय जीवन देउवा घाइते भएका छन् ।

उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ । गए राति करिब पौने ९ बजे मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प १३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.