बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यालय छनोट

बैतडी : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ५८ विद्यालय छनोट भएका छन् । शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका २२१ विद्यालयमध्ये ५८ विद्यालय छनोट भएका हुन् ।

सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका १३ ओटा विद्यालय छनोट भएका छन् भने मेलौली नगरपालिकाका ८, सिगास र सुर्नया गाउँपालिकाका ६\६, पाटन नगरपालिकाका ५, डिलाशैनी, दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका समान ४\४ ओटा विद्यालय छनोट भएका छन् ।

ती विद्यालयमा आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण गरिनेछन् । चालु आर्थिक वर्षमा २१ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुनेछ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछन् ।

आइसीटी ल्याबका लागि ६ लाख ५० हजार बजेट विनियोजन गरिएको र दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.