अत्तरिया : कैलालीको अत्तरियामा गोलिकाण्ड बिरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । अत्तरियामा आईतबार साँझ भएको गोलिकाण्ड विरुद्ध आज अत्तरियामा विभिन्न सुनचाँदी व्यवसायी संघहरुले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन ।
अत्तरियाका सुनचाँदी व्यापारी विकास सुनारलाई गोली प्रहार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्न माग गरिएको छ । कैलालीको आभुषण सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम, महाकाली सुनचाँदी व्यवसायी संघ कञ्चनपुर र सुनचाँदी व्यवसायी संघ कैलालीले संयुक्त रुपमा संघर्ष समिति गठन गरि विरोध प्रर्दशन सुरु गरेका छन् ।
विरोध प्रदर्शनमा शान्ति सु–व्यवस्था कायम गर, व्यापारीलाई सुरक्षाको प्रत्याभुति गर, गोलिकाण्डका अपराधीलाइ पक्राउ गरी सार्वजनिक गर, घाईतेको यथाशिघ्र उपचार गर लगायतका नाराहरु लगाईएका थिए ।